धादिङ अस्पतालमा लापर्वाहीले सिमा नाग्दै, सिडियोद्वारा छड्के (फोटो फिचर)

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७२

धादिङबेसी फागुन २९ । धादिङबेसीमा रहेको एकमात्र जिल्ला अस्पतालको आपर्वाही बाहिर छताछुल्ल भएपछि आज प्रमुख जिल्ला अधिकारीले छड्के अनुगमन गर्नु भएको छ ।
विरामीको चाप बढे सँगै अस्पतालमा डाक्टर नभएको गुनासो आएपछि सिडियो विश्बप्रकास सुवेदीले अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा जिल्ला अस्पताल पुगेका सुवेदीले ३ जना करार र ३ जना दरबन्दी गरि ६ जना डाक्टर भएको जिल्ला अस्पतालमा ५ जना बिदा बसेको जानकारी पाउँनु भएको थियो ।
अस्पतालमा १ जना डाक्टर प्रशान्त केसीले भर्ना गरि रहेको विरामी र ओपेडी दुबै स्थानमा आफैले हेर्नु पर्ने हुँदा यति खेर ओपेडि सेवा सुचारु नभएको बताउनु भयो ।
बिहान १०ः४० बजे नै छड्के अनुगमनमा पुगेका सिडियोले ओपेडी र इमर्जेन्सी दुवै ठाउँमा डाक्टर नदेखे पछि के हो यो सँधै यस्तै हो ? मेडिकल रेकडर विनोद दाहाललाई सुवेदीले प्रश्न राख्नु भएको थियो ।
जिल्ला अस्पतालका कार्यालय प्रमुख तथा मेडिकल सुपरिटेण्डेण्ट रशिला अमात्य र प्रशासन शाखा प्रमुख रविन कुमार श्रेष्ठ दुबै विदामा बसे पछि अस्पतालको बारेमा सिडियो सुवेदीले मेडिकल रेकडर विनोद दाहाल सँग जानकारी लिनु भएको थियो ।
रेकडर दाहालले विदामा विदा स्वीकृत गर्ने स्वास्थ्य कार्यालय भएको हुँदा विदा स्वीकृत भएर बसेको वा त्यत्तिकै बसेको आफुलाई जाकारी नभएको बताएका थिए ।
७२ किसिमका औषधी राज्यले निशुल्क उपलब्ध गराउँछ त ? भन्ने प्रश्नमा हामी सँग १५ किसिमको मात्र हुने गरेको दाहालले जानकारी दिनु भएको थियो ।
हामीले १ जना राखेर सबै डाक्टरलाई बिदा स्वीकृत गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्ने प्रयत्न गर्यौ, त्यहाँ पनि प्रमुख जीवनकुमार मल्ल विदामा बसेकोले भेट भएन तर डाक्टरहरुले विदा नलिएको आफु खुसी बिदा बसेको जानकारी भने प्राप्त भयो ।
मौसम परिवर्तन हुँदै गर्दा विरामीहरुको चाप बढी रहेको छ तर पनि कर्मचारीहरुको विषयमा देखिएको लापर्वाहीको विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा एमाले धादिङका कार्यालय सचिव प्रेमनाथ सिलवाल सँग जिज्ञासा राख्दा आफुले अस्पतालको लागि भौतिक सामाग्री जुटाउने, आर्थिक पक्ष हेर्ने गरेको तर विदा र कर्मचारी परिचालन सम्बन्धी जानकारी नभएको बताउनु भयो ।