आँखुखोला लिफ्टिङ खानेपानी आयोजना अवलोकन गर्न पुगे सांसद रामनाथ अधिकारी

Avatar photo
Dhadingpost
पुस १२, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङका सभापति एवम् संघीय सांसद रामनाथ अधिकारीले आँखुखोला लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको एकघर एक धाराको नीति अनुसार हाल कार्यन्वयनको चरणमा रहेको उक्त आयोजना अवलोकनको लागी सांसद अधिकारी सँगै गाउँपालिका अध्यक्ष राजु उप्रेती सहित नेपाली कांग्रेसका नेताहरु समेत सहभागि थिए ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ४ को करीब ७०० घरधुरी परिवार आँखुखोला लिफ्टिङ खानेपानी आयोजनाबाट लावान्भित हुनेछन् । अवलोकनका क्रममा सांसद अधिकारीले आयोजना निर्माण गर्ने ठेकेदार कम्पनी “कालिका विल्डर्स (प्रा.) लि.” का प्रमुख गोबिन्द खरेल सहित कम्पनीका प्राबिधिकहरुलाई समेत भेट गरेका थिए ।

x