
धादिङ । नेपालका महंगो कलाकार मध्य पर्ने र्यापर भिटेन (समिर घिसिङ) धादिङ महोत्सवमा पुस १६ गते साँझ ५ देखि १० सम्म आफ्नो प्रस्तुती देखाउन आउने भएका छन् ।
पुस १६ गते साँझ ५ देखि १० बजे सम्म भिटेन ग्रुपको प्रस्तुती रहनेछ । र्यापर भिटेनको प्रस्तुती अवधिभरको लागि प्रति टिकट रु.५०० पर्ने जनाईएको छ ।
धादिङका विगतका महोत्सवहरुमा पनि आफु प्रत्यक्ष जोडिएको र महोत्सवमा आउने अधिकांश युवा पुस्ताले भिटेन खोजेकोले यो पटक आफुले भिटेन ल्याउन लागेको विद्यार्थी शाहले धादिङपोष्टलाई बताए ।
