धादिङ महोत्सव आजबाट, उद्घाटन गर्न, शपथ सकेर हेलिकप्टरबाट मुख्यमन्त्री पाण्डे आउने

Avatar photo
Dhadingpost
पुस ७, २०७९

धादिङ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं धादिङ महोत्सव आजबाट सुरुहुँदैछ । महोत्सवको उद्घाटन गर्न संघीय संसदको सपथ ग्रहण सकेर हेलिकप्टबाट बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डे आउने बताईएको छ ।

यस अघि प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री, दलका केन्द्रीय अध्यक्षहरु ल्याएर महोत्सव उद्घाटन गर्ने गरेको धादिङ उद्योग वाणिज्य संघले यो पटक संसद सपथ ग्रहण आजै परेकोले समय नदिएपछि हेलिकप्टरबाट मुख्य मन्त्री पाण्डेलाई ल्याउने भएको हो ।

धादिङबेसी खुल्लामञ्चमा हुने आठौं धादिङ महोत्सवमा दैनिक राष्ट्रिय ख्याती प्राप्त कलाकार ल्याउने तयारी गरिएपनि कुन दिन कुन कलाकार आउने भन्ने आयोजकले सार्वजनिक गरेको छैन । कुन कलाकार कुन दिन आउँछन् भन्ने हाम्रो जिज्ञासामा आयोजक समितिका एक सदस्यले भने यी कलाकार यो दिन आउँछनु भन्दा दर्शकहरु आफुलाई मनपरेको कलाकार आउने दिन मात्रै आउने हुँदा कुन दिन कुन कलाकार आउने भन्ने सार्वजनिक नगरिएको बताए ।

संयोग आजभन्दा ६ वर्ष अघि २०७३ सालमा भएको पाँचौं धादिङ महोत्सव पनि यहि मितिमा भएको थियो ।