
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई छुट्टा छुट्टै भेटघाट गरेका छन् ।
देउवाले प्रधानमन्त्री निवास बालुवाटार मै बोलाएर सीके राउतलाई भेटेका थिए भने प्रचण्डले आफुनै निवास खुमलटारमा भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेर उनी सिधै खुमलटार पुगेका थिए। कांग्रेस नेता विमलेन्द्र निधिले राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने सहमति भएको दाबी गरेका छन् ।
राउतको पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा ७ स्थानमा विजय हासिल गरेको छ । अध्यक्ष डा.राउत सप्तरी जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । सो पार्टी मधेश प्रदेशमा ५ र लुम्बिनी प्रदेशमा एक गरी प्रदेश सभामा सात स्थानमा विजय भएको छ ।
