निर्वाचनको सबै नतिजा पछि मात्रै माओवादीले समीक्षा गर्ने

Avatar photo
Dhadingpost
मंसिर १४, २०७९

काठमाडौं । यो चुनावमा पनि माओवादी केन्द्रले आफुलाई तेस्रो शक्तिका रुपमा राख्न सफल भएको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि मात्रै निर्वाचन समीक्षा गर्ने भएको छ । अहिले दुबै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो ।

‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’

निर्वाचनमा जति मत आउनुपर्ने हो त्यति नआएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ । कतिपय नेताहरूले अब सरकारमा नगएर पार्टी निर्माणमा जुट्नुपर्ने मत राख्ने गरेका छन् ।