
काठमाडौं । धादिङको क्रिकेट विकासका लागि क्रिकेट गतिविधि गर्दै आईरहेको धादिङ क्रिकेट संघको कार्यसमिति टिमले यस अघि भेट्रान्स ४० टिम काठमाडौं सँग कार्तिक २६ गते मैत्रिपूर्ण खेल खेलको थियो भने यहि १७ गते प्राईम बैंक काठमाडौं टिम सँग मैत्रिपूर्ण टी २० खेल्ने भएको छ ।
धादिङमा हामी कसरी क्रिकेट प्रमोड हुन्छ ? तयारीमा लागि रहेका छौं तिहार अगाडी जिल्ला स्तरीय अन्तर पालिका प्रतियोगिता सकिसकेका छौं । कार्तिक २६ भेट्रान्स ४० काठमाडौं सँग खेल्यौं, अब प्राईम बैंक काठमाडौं सँग खेल्दै छौं धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कडेलले बताए ।
यस पछि छिमेकी जिल्ला स्तरीय खेल खेल्ने तयारीमा छौं भने अण्डर-१९ र अन्तर क्लव स्तरीय प्रतियोगिताको तयारी समेत भएको अध्यक्ष कडेलले धादिङपोष्टलाई बताए ।
