टि २० विश्वकपको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७९

काठमाडौं । आइसिसी टि २० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै छन् । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान र भारतलाई हराउँदै इंग्ल्यान्ड फाईनल पुगेका हुन् यी दुई टिम बीचको फाईनल खेल आज १ः४५ बजे हुने छ ।

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकपको फाईनलमा आमने सामने भएका हुन् ।

फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो । त्यस समयका सबै जसो संयोग पाकिस्तानको लागि दोखोरिएका छन् ।