
काठमाडौं । कांग्रेसले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फका आफ्ना उम्मेदवारलाई ७ करोड २४ लाख बाँड्ने भएको छ । चुनावमा खर्च गर्नका लागि कांग्रेसले आफ्ना उम्मेदवारहरु प्रतिनिधिसभा तर्फका उम्मेदवारलाई जनही ४ लाख र प्रदेशसभा तर्फका उम्मेदवारलाई जनही २ लाखका दरले बाँड्न लागेको हो ।
कांग्रेसले प्रतिनिधिसभात र्फका ८९ जना उम्मेदवारलाई जनही ४ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउँदा कुल ३ करोड ५६ लाख रुपैया उम्मेदवारलाई बाँड्नुपर्ने हुन्छ । त्यस्तै प्रदेश सभातर्फका १८४ उम्मेदवारलाई जनही २ लाखका दरले ३ करोड ६८ लाख रुपैया कांग्रेसले उम्मेदवारलाई दिनुपर्ने हुन्छ । यसो गर्दा प्रतिनिधिसभा तथा प्रदेश सभातर्फका उम्मेदवारलाई मात्रै कांग्रेसले कुलमा ७ करोड २४ लाख रुपैया पैसा केन्द्रीय कार्यालयबाट वितरण गर्ने योजना बनाएको छ ।









































