
धादिङ । माओवादी केन्द्र धादिङका नेता एवम् रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ बिश्वको भ्रष्टाचार नहुने देश भनेर चिनिने फिनल्यान्ड प्रस्थान गरेका छन् । उनले फिनल्यान्ड रुबीभ्यालीको वृत्तचित्र प्रदर्शन गर्ने बताईएको छ ।
फिन्ल्याण्डको नर्थ युरोपियन बिजिनेस एकेडेमी (Nort Europen Business Academy) को निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन् । उनले आफ्नो भ्रमणको अवधिमा फिन्ल्याण्डको स्थानिय शासन सन्चालन, शिक्षा, स्वास्थ्य प्रणाली, अर्थ ब्यवस्था लगाएत आधुनिक प्रविधिको बारेमा जानकारी लिने बताईएको छ । भ्रमणको सम्पुर्ण खर्च निमन्त्रणा गर्ने एकेडेमीले नै व्यहोरेको बताईएको छ ।
खनियाबासका उपाध्यक्ष पनि गत बुधबार सोहि संस्थाको निमन्त्रणा र खर्चमा फिन्ल्याण्ड भ्रमणमा छन् । सचिवालयले जनाए अनुसार सेक्केमान ११ दिन फिनल्यान्डमा विताउने छन् ।










































