धादिङका माओवादी नेता निशानद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
अशोज २१, २०७९

धादिङ । माओवादी जनयुद्धमा होमीदै राजनीतिक दौडमा रहेका माओवादी धादिङका नेता राजन रेग्मी (निशान) ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । जनयुद्धबाट निशान नामले परिचित राजन रेग्मीले आफू धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ बाट प्रत्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको धादिङपोष्टलाई बताए ।

माओवादी केन्द्र धादिङले यसै क्षेत्रको समानुपातिकमा उनको नाम सिफारिस भएपनि बागमती प्रदेशले सिफारिस गर्दा धादिङबाट बेदनीधि अधिकारी, अप्सरा सिंखडा, केशरी प्रसाद पन्त र तेजकुमारी तिवारी गरी ४ जना क्षेत्र नम्बर २ बाट मात्रै सिफारिस गरेको पाईएको छ । गठबन्धनको तर्फबाट यस क्षेत्रको टिकट राजेन्द्र पाण्डेले पाउने निश्चित जस्तै बनेको अवस्थामा माओवादी धादिङका निशानले उम्मेदवारी दिँदा पाण्डेलाई धक्का पुग्ने स्रोतको दावी छ । यद्यपी निशान भने जनताले पुराना हैन नयाँ चाहेका छन् । आफू छलछाम गर्न नजान्ने र जनताको साथमा रहँदै आएका कारण चुनाव जित्ने दावी गर्दछन् ।

माओवादी जिल्ला इन्चार्ज शालिकराम जमकट्टेलले माओवादी नेता तथा कार्यकर्ताहरु गठबन्धनको सहमती कार्यान्वयनमा एक ढिक्का रहेको र कसैले बागी उम्मेदवार नदिने बताएका छन् । क्षेणिक आवेगमा आएर पार्टी नीति बाहिर नजान समेत ईन्चार्ज जमकट्टेलले आव्हान गरेका छन् ।