झरीले रोकिएको कुपा कप आजबाट पुन: जारी

Avatar photo
Dhadingpost
अशोज २०, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजको आयोजनामा मंगलबारबाट सुरुभएको दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन (बुधबारको) सबै खेलहरु हुन सकेनन् । दोस्रो कुपा नाम दिईएको उक्त खुल्ला नकआउट फुटबल प्रतियोगितामा ४० टिमले भाग लिएका छन् भने प्रतियोगिता असोज २३ गते सकिने छ । प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३ र उप विजेताले १५ हजार ५१५ प्रदान पाउने छन्

आयोजक संस्थाका अर्जुन गुरुङका अनुसार मैदनमा पानी जम्दा बुधबारको खेलहरु हुन सकेनन् दिनभर बालुवा हालेर खेल मैदनामा पानी नजम्ने बनायो र आज बिहिबारबाट खेलहरु निरन्तर गरिने छ ।

बुधबारको रोकिएको खेल शुक्रबार गरिने समेत उनले बताए । गुरुङका अनुसार आज विहिबार निम्न खेलहरु हुनेछन् ।
पहिलो खेल
कातिके युवा क्लब vs समाजसेवि युवा क्लब “A”
(बिहान ८:००बजे)
दोस्रो खेल
टिकाडुम युवा क्लब vs तमै युवा समाज”A”
(बिहान ९:०० बजे)
तेस्रो खेल
S.B.A पात्ले”A” vs टिकाडुम युवा क्लव”B”
( बिहान १०: ००बजे)
चौथो खेल
नवस्टार युवा क्लब (सामरी )vs छोइलुङ युवा क्लब”A”(सेल्ले)
( बिहान ११:००बजे)
पाँचौ खेल
खरबारी युवा क्लब”B” vs साइकोले युवा क्लब”A”(भागे)
(दिउँसो १२:०० बजे)
छैटौं खेल
थर्पु युवा क्लब “A” vs साइकोले युवा क्लब”B”(भागे)
(दिउँसो १:००बजे)
सातौं खेल
तमै युवा क्लब”B”vs बागेश्वरी युवा क्लब(छाप)
(दिउँसो २: ००बजे)

पहिलो दिन हिजो भएको खेल अपडेट
कुपा युवा समाज”A”vs भगेरी क्लव (गुठ) विजयी
दोस्रो खेल:
मिलमीलाप क्लव (घोर्मो) विजयी vs नागीनथान क्लब”A”
तेस्रो खेल
S.B.A पात्ले विजयी vs तिकादुङ club
चौथो खेल
खरबारी युवा क्लब विजयी”A”vs सल्लाघरी युवा क्लब
पाँचौ खेल
अन्नपूर्ण युवा क्लव विजयी छ्योईलिङ युवा क्लव
छैटौं खेल
समाजसेवी युवा क्लव रातमाटे विजयी vs विजयी बिहानी क्लव