मैदी सातदोवाटो भलिबलको उपाधी बुढीगण्डकीलाई

Avatar photo
Dhadingpost
अशोज १८, २०७९

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका २ स्थित मैदी सातदोबाटोमा भएको वडा स्तरीय खुल्ला पुरुष भलिबलको फाईनलमा खड्कदेवि युवा क्लवलाई पराजित गर्दै बुढीगण्डकी युवा क्लवले उपाधी जितेको छ ।

२०७७ को माघे सक्रान्तीको अवसरमा भएको वडा स्तरीय पुरुष भलिबलमा खड्कदेवि युवा क्लव सँग हारेको वदला यो पटक बुढीगण्डकी युवा क्लवले चुक्ता गरेको छ ।

सातदोबाटो युवा क्लवले दशैको अवसरमा आयोजना गरेको यस प्रतियोगितामा बुढीगण्डकी युवा क्लव प्रथम, खड्कदेवि युवा क्लव दोस्रो, आयोजक सातदोबाटो युवा क्लव तेस्रो भए । प्रथमले २५ हजार, दोस्रोले २० हजार र तृतिय हुने टिमले १५ हजार जितेका छन् सरोज श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।