
धादिङ । बजार अनुगम समितिले मापदण्द विपरित संचालनमा आएका पृथ्वी राजमार्ग क्षेत्रका ६ वटा पसललाई कार्वाही स्वरुप जरिवाना गराएको छ । गजुरी र बेनीघाट रोराङ तथा सिद्धलेक बैरेनीमा सञ्चालित होटल/खाजा घर/कोल्ड स्टोर्स तथा सप्लायर्सहरू अनुगमनको क्रममा ४ वटा होटल तथा खाजा घरहरू, ८ वटा सप्लायर्स/किराना पसल गरी १२ वटा फर्महरू अनुगमन गर्दा ६ वटा कार्वाहीमा परेका हुन् ।
अनुगमनका क्रममा क्रममा करिब १५ हजार छ सय रुपैयाँ बराबरको म्याद गुज्रेकारसडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका निम्न फर्महरुलाई नगद जरिवाना गरिएको थियो।
कार्वाही स्वरुप जरिवानामा परेका पसलहरु
- होटल तीन भाइ, बेनीघाट रोराङ ३, शीतल बजार रू.१०,०००।- जरिवाना
- भैरवीनाथ भोजनालय, बेनीघाट रोराङ– ३, शीतल बजार रू.२००००।- जरिवाना
- श्रवण होटल, बेनीघाट रोराङ – ३, शीतल बजार रू.५,०००।- जरिवाना
- दनै सप्लायर्स, गजुरी– २, मलेखु रू.५,०००।- जरिवाना
- रावल सप्लायर्स, गजुरी– २, मलेखु रू. ५,०००।- जरिवाना
- वारीपारी इन्टरप्राइजेज, सिद्धलेक– १ , बैरेनी रू. ५,०००।- जरिवाना
























