काठमाडौं-धादिङ-आरुघाटको टिकट अनलाईनबाटै बुकिङ गर्न सकिने

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । धादिङबाट जिल्लाका विभिन्न ग्रमिण रुट र विभिन्न जिल्लामा सेवा दिँदै आएको ग्रामिण यातायत धादिङ प्रालिले दशैको अवसरमा काठमाडौं, धादिङ अरुघाटको लागि अनलाईनबाटै टिक बुकिङ गर्ने सकिने व्यवस्था गरेको छ ।

ग्रामिण यातायत धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले हाल हामीले काठमाडौं काठमाडौं, धादिङ अरुघाटको लागि अग्रिम टिकट बुकिङ अनलाईनबाटै गर्न सक्ने व्यवस्था गरेका छौं यो सेवा विस्तारै सबै रुटमा कायम गरिने समेत उनले बताए ।

अध्यक्ष अधिकारीका अनुसार बस सेवा डटकम (www.bussewa.com) लगईन गरेर टिकट बुकिङ गर्न सकिने छ । अब टिकट लिन, टिकट काउन्टर पुग्नु पर्दैन । कुन सिटको टिकट बुकिङ बाँकी छ र कुन टिकट बुकिङ भैसक्यो यावत जानकारी पनि अनलाईनबाटै हेर्न सकिन्छ । नेपालकै पहिलो अनलाईन बससेवा मार्फत हामीले यो सेवा विस्तार गरेका हौं उनले भने ।