
धादिङ । धादिङका खनियाबासका मिलन घले जाउला खेल ट्रेनिङ सेन्टरमा भएको भलिबल प्रतियोगितामा उष्कृष्ट खेलाडी घोषित भए । उनको त्यो लोभलाग्दो प्रदर्शनको सहायताले जेभिटीसी ग्रिन टिम प्रथम हुन सफल भयो ।
भदौ २८ गते देखि असोज १ गते सम्म भएको उक्त प्रतियोगितामा ८ टिम रहेको थियो ।
ओपन स्पाईकर उदयमान खेलाडीका रुपमा मिलन घले धादिङका गहन भएर उदाएको दिलिप थापाले बताए ।

