प्रत्येक शनिबार दश बजे, दश मिनेटको अभियान

Avatar photo
Dhadingpost
अशोज १, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका र स्वास्थ्य कार्यालयले धादिङबेसीमा प्रत्येक शनिबार दस बजे दश मिनेट डेंगु विरुद्धको अभियान सुरु गरेका छन् ।

अरु दिन पनि नगरपालिकामा डेंगु विरुद्धका जनचेतना मुलक कार्यक्रम भैरहेका छन् । शनिबार चाहि दश बजे दश मिनेटको विशेष अभियना चलाईएको नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु रिजालले बताए ।

अभियानको क्रममा एडिस नामको लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भईराखेको पानी, टायर, बोतल र बिर्कोहरु लगायतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने जगायतका सन्देश मुलक जनचेतनाका कार्यक्रम गरिने उनले बताए ।