
धादिङ । प्रेस काउन्सिल नेपाल बोर्डले यो वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार धादिङका नवराज छत्कुलीलाई दिने निर्णय गरेको छ । पुरस्कार असोज ६ गते एक विशेष समारोहको वित प्रदान गरिने बताईएको छ ।
शुक्रबार सम्पन्न प्रेस काउन्सिल नेपाल बोर्डको बैठकले ५३ वार्षिकोत्सवको अवसरमा ११ विधामा देशभरका ४२ जना भन्दा बढी पत्रकारहरुलाई सम्मान गर्न लागेको हो ।
प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार विधामा धादिङका नवराज छत्कुली सहित सुरेन्द्र काफ्ले मोरङ, दिलबहादुर छन्त्याल कैलाली र बालकृष्ण अधिकारी काठमाडौं छन् । यस्तै काृन्सिल क्रियाशिल पत्रकारिता पुस्कार पाउेमा १० जना रहेका छन् ।


