
धादिङ । एड्भान्स एकेडेमी, धादिङबेसीले वालदिवसको अवसरमा दुईदिने प्रथम एड्भान्स तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरेको छ । भाद्र २८ र २९ गरी दुईदिनमा सम्पन्न गरिएको उक्त च्याम्पियनसिपमा पुम्से र स्प्यारिङ प्रतियोगितामा कक्षा चारदेखि दशसम्मका विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष गणेश श्रेष्ठको प्रमुख आतिथ्यता भएको समापन तथा पुररस्कार वितरण कार्यक्रममा प्याटर्नको पुम्से र वेयट क्याटेगोरीका स्प्यारिङ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरूलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
एड्भान्स एकेडेमीले तेक्वान्दोलाई कक्षा तीनदेखि आठसम्म अनिवार्य विषयको रूपमा नियमित प्रशिक्षण गर्दै आइरहेको सन्दर्भमा यो वर्ष भने पहिलो पटक तेक्वान्दो च्याम्पियनसिपको आयोजना गरिएको प्रशिक्षक अमृत तामाङले धादिङपोष्टलाई बताए ।


