
पोखरा । नेपाली कांग्रेस निकट धादिङ–पोखरा सम्पर्क समितिको शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट सभापतिमा कमलबहादुर पाण्डे निर्वाचित भएका छन् ।
धादिङबाट पोखरा गई विभिन्न पेशा व्यवसाय गर्ने नेपाली काँग्रेस निकटहरुको यस धादिङ–पोखरा सम्पर्क समितिको अधिवेशनबाट वरिष्ठ उपसभापतिमा माधव लम्साल, उपसभापतिमा देवराज अर्याल, किशोर भट्ट र सीता श्रेष्ठ रहेका छन् ।
यसैगरी सचिवमा श्याम इटनी, कोषाध्यक्षमा लालप्रसाद ढकाल सन्देश, सहसचिवमा लालकाजी श्रेष्ठ, शान्ता धरेल र राकेश श्रेष्ठ छन् ।
कार्यक्रममा कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, पूर्व सभापति रमेश धमला लगायत जिल्ला नेताहरुको आतिथ्यता रहेको थियो ।
