धादिङमा आज २२ थपिए सँगै कोरोना संक्रमित १२० पुगे

Avatar photo
Dhadingpost
भदौ ३, २०७९

धादिङ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार ज्वालामुखी गाउँपालिकामा २० जना र धुनिबेशी नगरपालिकामा २ जना गरी आज २२ थपिए सँगै धादिङमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

यस्तै पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ ।