
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ रामपुर स्थित भुवनेश्वरी माध्यामिक विद्यालयलाई देश कै उत्कृष्ठ मध्य एक एलआरआई विद्यालय संचालन गरि रहेको एलआरआई फाउण्डेशनले एक लाख सहयोग गरेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी सहित भुवनेश्वरी माविका प्रधानाध्यापक राजाराम इटनी लगायतका शिक्षकहरु देशकै उत्कृष्ट विधालयको रुपमा चिनिने एलआरआई अवलोकनको लागि पुगेका थिए । उक्त अवसरमा एलआरआईका संस्थापक शिवराज पन्तले फाउन्डेसनको तर्फबाट भुवनेश्वरी अक्षयकोष छात्रवृत्ति संचालनका लागि १ लाखको चेक हस्तान्तरण गरेका थिए ।
