
धादिङ । एडिज इजीप्टाई जातको पोथी लामखुट्टेले सार्ने डेंगु रोग संक्रमित संख्या बढ्दो रहेको र यो महिना मात्रै जिल्ला अस्पतलामा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ र सल्यानटार प्राथमिक केन्द्रमा १ गरी धादिङमा ४९ जनालाई डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जाएको छ ।
जिल्ला अस्पतालमा उपचारत डेङ्गु संक्रमित ज्वालामुखी गाउँपालिका २ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठ असार ३ गते मृत्यु भएको थियो भने अन्य संक्रमितहरुको उपचार गरिएको थियो अहिले पनि केहि संक्रमितहरु अस्पतलामा उपचार गराई रहेको बताईएको छ ।
धादिङमा दैनिक जसो डेंगुको विरामी बढी रहेकोले होसियारी अपनाउन आग्रह गर्दै, डेंगु नियन्त्रणका लागि लाग्न अनुरोध समेत गरेको छ । फुल पार्न प्रोटिनको मात्रा चाहिने हुनाले पोथी लामखुट्टेले रगत सुस्ने गर्दछ भने भाले लामखुट्टेले बोट विरुवा र फलफुलको रस चुसेर जिवन यापन गर्ने गर्दछ ।

