
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बेडको अस्पतालमा १४५ जनाको दरबन्दी रहने गरि संगठन संरचना मस्यौदा तयार गरेको छ ।
मन्त्रालयले तयार गरेको मस्यौदामा २४ असार २०७९ भित्र राय सुझाव (पृष्ठपोषण) दिन सरोकारवाला तथा सर्वसाधारण समक्ष अपिल गरेको छ ।
नयाँ दरबन्दी संरचनामा ११ औँ तहको मेसु र नवौं तथा दशौँ तहका ११ जना चिकित्सक प्रस्ताव गरिएको छ । यस्तै आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन १ जना, कविराज चिकित्सक १ जना पनि उल्लेख गरिएको छ ।
अस्पतालमा पाँचौँ तथा छैटौ तहका स्टाफ नर्स ४० जना, मिडवाईफ ४ जना र एचए १० जना प्रस्ताव गरिएको छ । स्वीपर, सुरक्षाकर्मी र सवारी चालक समेत गरी अस्पतालमा १४५ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।
