धादिङ घर बताउने वेवारिसे एक सुत्केरी महिला बन्दीपुर अस्पतालमा

Avatar photo
Dhadingpost
असार १०, २०७९

धादिङ । मानसिक अवस्था ठीक नभएकी जस्तो देखिने धादिङ घर बताउने एक बेवारिसे सुत्केरी महिला बन्दीपुर अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका अनुसार धादिङ घर बताउने ति महिला गर्भवती भएको र सुत्केरी बेथा लागेको थाहा भएपछि वडा अध्यक्ष ध्रुव प्रसाद लामिछाने सहितको टोलीले उद्दार गरी बन्दीपुर अस्पताल तनहुँमा भर्ना गरि दिएको थिए ।

अस्पतल मै ति महिलाले छोरा जन्माएकी छिन् । हाल सम्म निजको घर, परिवार तथा आफान्तहरु सम्पर्कमा तनहुँ प्रहरीले जनाएको छ ।

असार ४ गते जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका ५ एम्पा वेवारिसे अवस्थामा भेटी अस्पतालमा ल्याईएको र हाल उनले छोरा जन्माएको आफन्त कोहि सम्पर्कमा न आएकोले चिन्नु हुने महानुभावले परिवारलाई खवर गरिदिन पनि ईलाका प्रहरी कार्यालय बन्दीपुरले आग्रह गरेको छ ।