वागमतीमा रासायनिक मल उद्योग संचालन गर्न सम्भाव्यता अध्ययन सम्झौता

Avatar photo
Dhadingpost
असार ९, २०७९

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न सम्झौता गरेको छ ।

मल उद्योग स्थानपनाको सम्भाव्यता अध्ययन गर्न बुधबार प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको कार्यक्रममा काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री बसुन्धरा हुमागाईं र काठमाडौं विश्वविद्यालय काभ्रेका तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हस्ताक्षर गरेका छन् । आगामी १ वर्ष भित्र काठमाडौं विश्वविद्यालय काभ्रेले सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन बनाएर मन्त्रालयलाई बुझाउनु पर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री हुमागाईले सरकारले रासायनिक मल उद्योग स्थापनाको लागि प्रदेश सरकारले पब्लिक प्राइभेट पार्टनरसीप मोडेलमा अघि बढ्ने बताए । उनका अनुसार, रासायनिक मल उद्योग स्थापनाको लागि करिब ६० अर्ब लागत अनुमान गरिएको छ ।