
हेटौंडा । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा छन् ।
उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई जेठ २९ गतेदेखि बन्धक बनाई पैसा माग गरेको प्रहरीले जनाएको छ ।
