
धादिङ । लामो समय देखि निस्कृय रहेको जिल्ला भलिबल संघ धादिङको अधिवेशन (भोली) असार ४ गते धादिङबेसीमा हुनेभएको छ ।
नेपाल भलिबल संघले जिल्ला अधिबेशन असार ७ गते भित्र गरि सक्ने पत्रचार गरेपछि जिल्लामा कुनैपनि भलिबल गतिविधि गर्न नसेकेर थन्किएको जिल्ला भलिबल संघ धादिङले भोली नयाँ कार्य समिति चयनको लागि अधिवेशन गर्न लागेको हो ।
अब बन्ने नयाँ कार्यसमिति अध्यक्षका लागि अहिले तीन जनाले दावी गर्दै आएका छन् । अध्यक्ष दावी गर्नेहरुमा अमृत तामाङ सोम श्रेष्ठ र विकास कोईराला छन् । मिल्नुको विकल्प छैन मिलेर आउन भनेको छु सर्वसहमति मै नयाँ समिति बनाउनु पर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ बताउँछन् ।
अधिवेशनमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव र १ कोषाध्यक्ष र ५० प्रतिसद सदस्यहरु जिल्ला सभाद्वारा निर्वाचित हुने नेपाल भलिबल संघको विधानले व्यवस्था गरेको छ ।
