टेकु अस्पताल भर्ना भएका एक युवालाई मंकिपक्स भएको आशंका

Avatar photo
Dhadingpost
असार २, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो ।

रसुवा निवासी ती युवककोे ढाँड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता विविरा प्रशस्तै रहेको र ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो । फाईल तस्वीर