
धादिङ । धादिङमा आज भएको दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नागढुंगा सुरुङमार्ग नजिकै मंगलबार दिउँसो काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालबाहक ट्रक ब्याक भएर काठमाडौँनै जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको र आइचरले काठमाडौँ तर्फ नै जाँदै गरेको बा। प्र। ०३–००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो ।
सोही क्रममा मोटरसाईकल दुर्घटना हुँदा निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिया यामबहादुर मगर मृत्यु भएको र अर्का निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिया गणेश श्रेष्ठ घाईते भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
यस्तै धादिङबेसीबाट जुरेथु जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जुरेथुम जादै गरेको बा १८ च २८२० नं को बोलेरो जिप दुर्घटनामा परि मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका २ जुरेथुम बस्ने अन्दाजी ३० वर्षिय प्रेम बहादुर गुरुङ रहेका छन् । दुर्घटनामा परि १६ जना घाइते भएको छ भने घाइते मध्य २ जनाको अवस्था मध्यम रहेको छ प्रहरीले जनाएको छ ।
