
धादिङ । काठमाडौं महानगर पालिका खुल्ला तेक्वान्दो प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकडेमीमा अध्ययनरत ३ जना खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
काठमाडौं महानगर पालिकाको आर्थिक सहयोगमा संचालित उक्त खुल्ला तेक्वादोमा प्रतियोगितामा एड्भान्सका एलिसा तामाङ ४८ केजी तर्फ, नविन तामाङ ३८ केजी तर्फ द्वितिय र पासाङ तामाङ पुम्सेमा तृतिय भएसँगै पुरस्कृत भएका हुन् ।
आयोजकले प्रथमलाई ३० हजार द्वितियलाई २० हजार र तृतियलाई १० हजार नगद सहित पुरस्कृत गरेको एड्भान्स एकेडेमिका तेक्वान्दो प्रशिक्षक मरियम फ्युवाले धादिङपोष्टलाई बताईन् ।
