अन्टुफको महाधिवेशन फागुन ११ गते हुने

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७९

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को केन्द्रिय सचिवालयको बिस्तारित बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

वैठकले पेसागत संगठनहरुको राष्ट्रिय सम्मेलन २०७९ सालको भाद्र महिनाको अन्तसम्ममा सम्पन्न गर्ने र अन्टुफको महाधिवेशन फागुन ११ गते मजदुर बलिदान दिवसका दिन काठमाण्डौमा सम्पन्न निर्णय गरेको धादिङका प्रदेश सांसद एवम् अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष जगत सिंखडाले धादिङपोष्टलाई बताए ।

स्वरोजगारको रकम भुक्तानी, संगठन र संघर्ष, सबै क्षेत्रमा नेपाल सरकारले तोकेको न्यूनतम बेतन अनिवार्य, सामाजिक सुरक्षाको सर्बत्र कार्यान्वयन, मजदुर सहकारी तथा विधान अधिवेशन लगायतका निर्णय कार्यान्वयनका लागि दवावपूर्ण तवरले संगठन परिचालित हुने समेत वैठकले निर्णय गरेको उनले बताए ।

बैठकमा उपस्थित प्रदेश कमिटी र पेसागत संघका अध्यक्षहरुले आआफ्नो क्षेत्रको बिस्तृत प्रतिबेदन प्रस्तुत गर्दै थप कार्ययोजनाहरु र सुझावहरु प्रस्तुत गरेका थिए । सबैभन्दा चर्को बहश र समाधानको खोजीको बारेमा स्वरा्ेजगारको रकम भुक्तानी र मजदुर सहकारीको हिसाब किताबको बारेमा केन्द्रित रहेको थियो । छलफलले तत्काल समाधान गर्ने संयन्त्र पनि बनाएको बताईएको छ ।