
काठमाडौं । बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले उत्सव दाहाललाई पक्राउ गरेको छ ।
अजय वाईबालाई बैदेशिक रोजगारको लागि क्रोएसिया पठाईदिन्छु भनेर २ लाख ठगि गरेकोले पक्राउ बिराटनगरका उत्सव दाहाललाई पक्राउ गरिएको जनाएको छ ।
दाहाललाई बालाजु माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईसकिएको प्रहरीले जनायो ।
