असार देखि भदौ सम्म सडक खन्न नपाईने

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७९

काठमाडौं । सडक विभागले अबको ३ महिना (असार १ देखि भदौं मसान्त सम्म) सडक नखन्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको छ ।

विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको हो ।

सडक विभागले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी समेत विभागले दिइएको छ ।

मुख्य गरी धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।