नीलकण्ठको सरस्वती माविका छात्राहरुलाई प्याड बनाउने तालिम दिईयो

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड बजाउने तालिम दिईएको छ । तालिममा कक्षा ६ देखि १० सम्मका छात्राहरु सहभागी रहेका थिए ।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त तालिममा सरस्वती माविका कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने ३६ जना किशोरी सहभागि तालिममा स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र किशोरीहरुले स्वास्थ्यमा ध्यान दिनु पर्ने विषयमा समेत सिकाईएको निलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु रिजालले बताए ।

यस अघि नगरपालिका कै खर्चमा पाल्पा सामरी भन्ज्याङ माविका कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने ३१ जना किशोरी अवस्थाका छात्राहरुलाई प्याड बनाउने तालिम दिईएको थियो ।