
धादिङ । धादिङ समाज युएईको कार्यसमिति बैठकले प्रवक्तामा रामकृष्ण सिंखडा चयन गरेको छ । आईतबार सम्पन्न युएईमा रहेका धादिङगेहरुको साझा संस्था धादिङ समाज युएईको बैठकले सिंखडालाई प्रवक्तामा चयन गरेको हो । यस्तै बैठकले सन्तोस वस्तीलाई मनोनित गरेको छ ।
२२ फेब्रुअरीमा धादिङ समाज युएईको नवौं अधिवेशन सम्पन्न भएको थियो उक्त अधिवेशनले पुष्प गुरुङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा रिता लामा, महासचिवमा दिपक खड्का, सचिवमा उत्तम भण्डारी, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल अधिकारी, सदस्यहरुमा डिवी राना मगर, माया सेडाई केसी, सुजन गुरुङ र बाबुकाजी शाक्य सर्वसम्मत रुपमा चयन भएका थिए ।
