धादिङ समाज युएईको अध्यक्षमा पुष्प गुरुङ चयन

Avatar photo
Dhadingpost
सोमवार, माघ २४, २०७८

युएई । धादिङ समाज युएईको नवौं अधिवेशनबाट पुष्प गुरुङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशन २२ फेब्रुअरीका दिन दुबईमा एक कार्यक्रमका बीच सम्पन्न थियो ।

नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा रिता लामा, महासचिवमा दिपक खड्का, सचिवमा उत्तम भण्डारी, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल अधिकारी, सदस्यहरुमा डिवी राना मगर, माया सेडाई केसी, सुजन गुरुङ र बाबुकाजी शाक्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

धादिङ समाज युएईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतित्थयमा सम्पन्न भएको अधिवेशनमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, समाजका सल्लाहकार एवं एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली, समाजका सल्लाहकार एवं एनआरएनए आईसीसीका सदस्य ठाकुर ढुंगाना, समाजका सल्लाकार तथा व्यवसायी ईश्वरप्रसाद उपाध्यायको विशेष आतिथ्यता र समाजका भुतपुर्व महासचिव हरि नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

समाजका सचिव दिपक खड्काद्वारा संस्थाको प्रगति प्रतिवेदन राख्नुका साथै कोषाध्यक्ष पुष्प गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।