मेयर बालेन्द्र शाहले भेटे मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७९

काठमाडौं । फोहोर व्यवस्थापनको तनावमा रहेका काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र शाहले आज बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे सँग भेटघाट गरेका छन् ।

स्वयम्भूस्थित मुख्यमन्त्री पाण्डेको निवासमा पुगेर भेटघाट गर्दै मेयर शाहले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै फोहोर व्यवस्थापनमा दीर्घकालीन र अल्पकालीन गरि दुई तरिका अपनाएर अघि बढ्न सुझाव दिएको बताइएको छ ।