टुकी नेपाल समाजद्वारा दन्त शिविर सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

धादिङ । टुकी नेपाल समाजले नीलकण्ठ १० मा रहेको आ जनभावना आधारभुत विद्यालय र जनज्योति आधारभुत विद्यालय यस्तै त्रिपुरासुन्दरी ७ सुकौरा माविमा अध्यनयरत शिक्षक, विद्यार्थी र स्थानिय अभिभाबकहरुको लागि २ दिने निशुक्ल दन्त शिविर सम्पन्न गरेको छ ।

जेष्ठ १९-२० दुई दिन चलेको शिविरमा दाँत ओखल्ने, कसरी दातलाई सफा पार्ने सकिन्छ भन्ने बारेमा पोखराबाट आएका डाक्टर बेबिना श्रेष्ठको नेतृत्व Team मा आएका डाक्टरहरुले दात सम्बन्धि स्वास्थ्य शिक्षा समेत प्रदान गरेका थिए ।

टुकी नेपाल समाजले यी २ विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि २०६८ साल देखि प्रत्यक वर्ष Dental Camp र जनरल Health Camp छुट्टाछुट्टै आयोजना गर्ने गरेको छ । यो दुई दिने शिविरमा १८५ जनाले सेवा लिएका थिए र लिएका थिए ।