
पाल्पा । पाल्पा जिल्ला स्थित पूर्वखोला गाँउपालिकामा १ हजार ७९७ जना विद्यार्थीहरुको मुटुको ईको परीक्षण साथै अन्य मुटुसम्वन्धी स्वास्थ्य जाँच गरिएको छ ।
दुई दिन सम्म चलेको शिविरमा वडा नं १ को सिलुवा, वडा नं ५ को बीरकोट र वडा नं ६ मा गरी ९१८ छात्र र ८७९ छात्रा गरी कुल १ हजार ७९७ जना विद्यार्थीको मुटु परिक्षण गरिएको हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।
१८०० जना बालबालिकाहरुको मुटुको ईको जाँच गरियो । त्यसमध्ये १ जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने देखियो । अरु केहीलाई नियमित रुपमा औषधि खानुपर्ने देखियो, हामीले आवश्यकता अनुसार नजिकको अस्पतालमा गएर फलोअप गर्न समेत सुझाव दिएका छौँ,’ शिविर पछि टोलीको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले भने ।
