नेपाल छिर्‍यो स्वाइन फिवर

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७९

काठमाडौं । सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखिने अफ्रिकन स्वाइन फिवर रोग नेपालमा पनि देखा परेको पुष्टिभएको छ । विगतमा अफ्रिकी महादेशमा मात्र सिमित रहेको यो रोग सन् २०१८ पछि भने हाम्रा छिमेकी मुलुकहरु चीन भारत र भुटानमा देखा परिसकेको थियो ।

पशु सेवा विभागका अनुसार गत चैतमा काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा पठाइएको थियो । त्यहाँ मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अप्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको हो ।

विभागले यो रोगलाई उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भनेको छ । यद्धपी यो रोग सुगुरबाट मानिसमा नसर्ने विभागले स्पष्ट पारेको छ । विभागले उपत्यका यो रोग लागेर अहिलेसम्म १०१९ वटा सुगुर बंगुर समेत मृत्यु भएको पाइएको उल्लेख गरेको छ ।