
काठमाडौं । सरकारले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन गरेको जनाएको छ । आज एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मनत्रालयले शिक्षकको पोशाक परिवर्तन गरिएको जनाएको हो ।
नेपाल शिक्षक महासंघले समेत पोशाक परिवर्त गर्न अनुरोध गरेको जनाउँदै मन्त्रालयले सु (कोट, पेन्ट्स) को रङ गाढा खैरो, शर्ट (कमिज) हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी, जुत्ता कालो कायम गरिएको जनाएको छ भने साडी ब्लाउज, कुर्ता सुरुवाल परिवर्तन नगरिएको जनाएको छ ।

