गजुरीको ४ वडाको नतिजा आउँदा २, ३ र ४ मा कांग्रेस विजयी

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७९

धादिङ । गजुरीको १ देखि ४ वडाको मत परिणाम सार्वजनिक भैसकेको छ । १ मा माओवादी केन्द्रका तारा भण्डारी विजयी भएका थिए भने २, ३ र ४ कांग्रस विजयी भएको छ ।

२ मा कांग्रेसका द्रोण कडेल, ३ मा कांग्रेस कै ऋषिलाल श्रेष्ठ र ४ मा कांग्रेस बाटै सुरेन्द्र चेपाङ विजयी भएका हुन् ।

धादिङको ३३ वटा वडाको मत परिणाम आउँदा कांग्रेसले ११ वटा वडा जिति अग्र स्थानमा छ, माओवादीले ९, एमालेले ५, एकीकृत समाजवादीले ४, राप्रपा ३ र जसपाले १ वडा अध्यक्ष जितेका छन् ।