
धादिङ । धादिङको निलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि खाल्टे फ्याक्सेमा माओवादी कार्यकर्ताहरुले हातपात छन् ।
मतदानको जानकारी लिन वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुग्दा माओवादी केन्द्रका कार्यकर्ताहरु हरि श्रेष्ठ, प्रकाश ढुङ्गाना, कमल जम्कट्टेल र दिपक श्रेष्ठले अाफुलाई हातपात गरेकाे मेयरका उम्मेदवार कांग्रेस नेता ढुंगानाले धादिङपाेष्टलाई बताए ।
