
धादिङ । पार्टीले टिकट नदिए पछि पार्टीको कार्वाही खेपेर उम्मेदवारी दिन स्वतन्त्र उम्मेदवारहरु प्रायस कमै चर्चामा आउने गर्दछन् तथापी पनि स्वतन्त्रबाट चुनावी मैदानमा होमिएकाहरुले पनि चुनाव जितेको प्रशस्तै उदाहरण पनि छन् । धादिङमा पनि यो पटक स्वतन्त्र उम्मेदवारहरुको चर्चा सुरुभएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरु कल्पना अधिकारी, गोकर्ण रुपाखेती, टेकजंग लामा, उत्तमकुमार अधिकारी र राजकुमार श्रेष्ठ यतिबेला चर्चामा छन् ।
२०७४ को स्थानीतहको निर्वाचनमा समेत नीलकण्ठ नगरपालिकाका उपमेयर पदमा उम्मेदवार बनेकी अधिकारीलाई अर्को पटक टिकट दिईने वचनका साथ कांग्रेसले उम्मेदवार मनोनयन फिर्ता गर्न लागेको थियो । कांग्रेस माओवादी गठबन्धन बनेको त्यो चुनावमा उप मेयरकोे भाग माओवादी केन्द्रलाई परेको थियो र मनराज भण्डारीले गठबन्धनबाट उप मेयरमा जितेका थिए ।
यो पटक पनि सत्ता गठबन्धनको चुनावी तालमेलमा नीलकण्ठको उपमेयर माओवादीको भागमा परे सँगै कांग्रेस नेतृ पार्टीको कार्वाही स्वीकार गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन् । नेपाली कांगे्रसको सक्रिय राजनीति गरेकी अधिकारी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भइसकेकी छिन् । पहिलो पटक पनि आफुलाई मनोनयन फिर्ता गर्न लगाई स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व हरण गरेको र अहिले पनि गठवन्धन गर्ने नाममा महिलाको प्रतिनिधित्व हरण गरेकाले आम महिलाहरुको प्रतिनिधित्व गर्दै नीलकण्ठ नगरपािलकाको उपप्रमुख (उपमेयर) पदमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको अधिकारीले बताइन् । ४४ हजार तीन सय १९ जना मतदाता रहेको नगरपािलकामा मेरा बारेमा अधिकांश मतदातालाई थाहा छ । त्यस कारण पनि मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएर प्रचार प्रसारमा निस्केको उनी बताउँछिन् ।
उपप्रमुख पदमा मेरो उम्मेदवारी स्थानीय सरकारमा महिलाको अर्थपुर्ण सहभागिता, सुशासन मैत्री वातावरण निमार्ण गर्न, राजनीतिलाई समाजिक सेवामा रुपान्तरण गर्न, महिला तथा वालवालिका, दलितहित, गरिवी र उत्पिडनमा परेका वर्ग समुदायको उत्थान गर्नु, शिक्षा, स्वासथ्य, पूर्वाधार विकास, महिला तथा यूवालाई यद्यमशितासंग जोड्न, नमूना नगरपालिका घोषणको पूवार्धार तयार गर्न, एकल महिला सहित महिलाको प्रतिनिधिका रुपमा मेरो उम्मेदवारी रहेको बताइन । म नलिकण्ठका भुगोल र मानिसहरुसंग परिचत छु । म एकल महिला हुँ १५ वर्षदेखि एकल महिला भएर पनि सामाजिक विकासको क्षेत्र, व्यवसाय र राजनीित क्षेत्रमा सक्रिय रहदै आएको छु । त्यस कारण पनि नगर उपप्रमुखलाई तोकिएको कार्यादेश कुसलतापूर्वमा पुरा गर्न मात्र होइन उत्कृष्ट काम गर्न सक्षम छु भन्ने लागेर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोनयन गराई निर्वाचन चिन्ह गुलाब लिएको उनी बताउँछिन् ।
यस्तै थांक्रेमा एमालेमा टिकटको लागि किचलो भएपछि पालिका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण रुपाखेती पनि चर्चामा रहेका छन् । एमाले धादिङको जिल्ला सचिवालय सदस्य समेत रहेका रुपाखेतीले एमालेको धाधिकारीक उम्मेदवार अर्कै भएपनि भोट भने आफूलाई आउने बताउँछन् । निर्वतमान अध्यक्ष र उपाध्यक्षले विगारेको दुर्गधित राजनीतिलाई सुगन्धित बनाउन, केन्द्रियता लाद्ने प्रवृतिको अन्त्य गर्न, गरिवी तथा भोकमरीको अन्त्य गर्न, थाक्रेवासीलाई विकासको मूलप्रवाहमा समाहित गर्ने आप्mनो संकल्प भएकोले मतदाताहरुले आफूलाई भोट हाल्ने उनी बताउँछन् । उनी आफ्नो मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार रामकुमार आचार्य, कांग्रेसका रामप्रसाद विडारी भएको बताउँछन् ।
त्यसैगरी नेत्रावती डवजोङ गाउँपाकिलामा दुई स्वतन्त्र उम्मेदवारहरु चर्चामा छन् । सामाजिक अभियान्ताका रुपमा चिनिएका उत्तमकुमार अधिकारीलाई पालिका अध्यक्षमा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवार बनेका छन् भने कांग्रेस नेत्रावती डवजोङका पुराना स्थापित नेता टेकजंग लामालाई पनि कांग्रेसले पालिका अध्यक्षमा टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार बनेका छन् । यी द्वयले आफ्नो मुख्य प्रतिपर्धी माओवादी केन्द्रको महिला उम्मेदवार उर्मिला तामाङ कांग्रेसका मेघनाथ रिजाल र एमालेका सुवर्ण रिमाल रहेको बताएका छन् ।
यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका राजकुमार श्रेष्ठ पनि यतिबेला चर्चामा रहेका उम्मेदवार हुन् । आफूले चुनाव जिते सरकारी सुविधा (तलव भत्ता) नलिई सामाजिक सेवामा लाग्ने घोषणा गरेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उठेका हुन् । कांग्रेसको बाहुल्यता रहेको यस वडामा कांग्रेसले टिकट गोपीकृष्ण भण्डारीलाई दिएको थियो ।
