कांग्रेस कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ

Avatar photo
Dhadingpost
बैशाख १५, २०७९

पोखरा । नेपाली कांग्रेस पोखरा ३, तेर्सापट्टि रहेको पार्टी कार्यालय तोडफोड २३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड कार्यमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारी बताएका हुन् ।

पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो ।

माओवादीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेसले वडाध्यक्षका उम्मेदवारलाई नाम फिर्ता लिन भनेको छ । कांग्रेसबाट १८ वडामा शिवप्रसाद तिमल्सिना र २४ मा भरत अधिकारी उम्मेदवार छन् । ३३ वडामध्ये कांग्रेसले ३१ वटा वडा लिएर २ वटा माओवादीलाई दिने सहमति गठबन्धनमा भएको छ ।