
काठमाडौं । जेठदेखि शनिबार र आइतबार गरी दुईदिन बिदा दिनेसरकारी कर्मचारीले खुशी व्यक्त गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने जनाएको हो । कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’
नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
