नीलकण्ठ १४ का वडा अध्यक्ष फन्द्रा तामाङद्वारा राजिनामा

Avatar photo
Dhadingpost
बैशाख ९, २०७९

धादिङ । धादिङको नलिकण्ठ १४ का वडा अध्यक्ष फन्द्रा तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले नगर प्रमुखलाई सम्बोधन गर्दै लेखेको राजिनामा पत्र सार्वजनिक भएको छ ।

पत्रमा लेखिएको छ, स्थानीय तहको निर्वाचित २०७४ बाट म नीलकण्ठ नगरपालिका १४ नं. वडाको वडा अध्यक्षमा निर्वाचित भई हाल सम्म सेवा गर्ने अवसर प्रदान गर्नुहुने १४ नं. वडाका जनता तथा आम नलिकण्ठ नगरवासीलाई हार्दिक धन्यावाद दिँदै भोलीको मिति २०७९।०१।१० गतेबाट लागु हुनेगरी वडा अध्यक्ष पदबाट राजिनामा गरेको छु । नगरप्रमुख ज्यूबाट राजीनामा स्वीकृतिको लागि हार्दिक अनुरोध छ ।

०७४ सालको स्थानी तहको चुनावमा एमालेबाट उठेका उनले ८३६ मत ल्याई विजयी भएका थिए । उनका प्रतिद्वन्दी उम्मेदवारहरु कांग्रेसका सन्तोष बस्ताकोटीले २६३मत, माओवादी केन्द्रका नमराज दुवाडीले ६७८ मत, राप्रपाका जीबहादुर गुरुङले ९ मत र नयाँ शक्तिका भोजबहादुर गुरुङले २९ मत प्राप्त गरेका थिए ।