धादिङ नीलकण्ठका राजेन्द्र र सिन्धुलीका हेमराज विमानस्थलबाट पक्राउ

Avatar photo
Dhadingpost
बैशाख ७, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का राजेन्द्र अधिकारी र सिन्धुली तिनपटन गाउँपालिका ३ का हेमराज न्यौपानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको छ ।

दुबईबाट काठमाण्डौं आएका उनीहरुले अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी सामान ल्याएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेमराज न्यौपानेले लिई आएको हरियो रंगको सुटकेसको लक ९ताल्चा० रहेको स्थानमा फल्स बटम बनाई सुनको सिक्री थान- १ को अन्दाजी तौल ४५ ग्राम र iPhone 13 Pro थान-१ र राजेन्द्र अधिकारीले लिई आएको कालो रंगको सुटकेसको लक ताल्चा रहेको स्थानमा फल्स बटम बनाई सुनको सिक्री थान-१ को अन्दाजी तौल ४५ ग्राम र iPhone 13 Pro थान-१ अवैध रुपमा ल्याएको प्रहरीले जनाएको छ ।