
धादिङ । नेपाली कांग्रेस नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ को बैठकमा ४ जनाले वडा अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका छन् ।
वडा अध्यक्ष उम्मेदवार दाबी गर्नेमा फुलबहादुर तामाङ, ताराबिर तामाङ, सुकबहादुर तामाङ र हरिबहादुर तामाङ रहेका छन् । उनीहरुको नाम छनोटका लागि पालिका कमिटीमा सिफारिस गरिएको बताईएको छ ।
यस वडामा यस्तो थियो, ०७४ सालको निर्वाचन
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस दलबहादुर गुरुङ २९९ मत
एमाले तिलबहादुर गुरुङ ३६० मत विजयी
माओवादी केन्द्र राजकुमार श्रेष्ठ ३३२ मत
राप्रपा इन्द्रबहादुर गुरुङ ६० मत











